सोमबार, ४ श्रावण, २०८३

हिमालय टेलिभिजनबाट विश्वकप फुटबलको फाइनल नि:शुल्क हेर्न सकिने

राष्ट्रिय सन्‍देश संबाददाता, २२ घण्टा पहिले

हिमालय टेलिभिजनबाट विश्वकप फुटबलको फाइनल नि:शुल्क हेर्न सकिने

२०८३ साउन ०३, काठमाडौँ । नेपाली समय अनुसार आज राति १२:४५ बजे हुने फिफा विश्वकप -२०२६ को फाइनल खेलको हिमालय टेलिभिजनले नि:शुल्क प्रसारण गर्ने भएको छ ।

फाइनल खेलमा अर्जेन्टिना र स्पेनले प्रतिस्पर्धा गर्दैछ्न । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण हुने भएको हो ।

यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउनेगरी व्यवस्था गरिएको हो ।

दर्शकको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित फाइनल खेललाई खुला प्रसारणको व्यवस्था गरिएको टेलिभिजन व्यवस्थापनले जनाएको छ । 

आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरिएको जनाइएको छ ।

advertisement_1676551537.gif