बुधबार, १७ भाद्र, २०८३

अन्तरराष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ५१ मिनेट पहिले

अन्तरराष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

२०८३ भदौ १७ काठमाडौं । संघीय संसदअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ९:३० बजे बस्ने गरी तय भएको छ । उक्त बैठकमा हालै रसुवामा आएको विनाशकारी बाढी पहिरोका कारण देशको पर्यटन क्षेत्रमा परेको असर तथा क्षतिबारे गहन छलफल हुने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२:१५ बजे बस्नेछ । सो बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ ।

advertisement_1676551537.gif