राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १८ भाद्र, २०८३
२०८३ भदौ १८ काठमाडौं । सरकारले भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले २३ गते शहीद जेनजीको सम्झानामा जेनजी शहीद दिवस मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूले उठाएका सवाल, आन्दोलनका उद्देश्य तथा प्राप्त उपलब्धिबारे छलफल गरिने जानकारी दिए ।