राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असोज २६ काठमाडौँ । केयरगिभरका रूपमा इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई आदेश दिएको हो ।
यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कासहित हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य व्यक्तिमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले इजरायल ठगी प्रकरणमा खड्कासहित हालसम्म पाँच जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्ने अन्य व्यक्तिहरूमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन् ।
सुरुमा दुई जनालाई नियन्त्रणमा लिएर ठगी कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएको र ठगी संगठित रूपमा भएको पाइएपछि संगठित अपराधको कसुरमा समेत थप अनुसन्धान थालेको छ ।