सोमबार, १६ चैत्र, २०८२

ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२

ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

२०८२ चैैैत्र १४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।

त्रिभुवन शिक्षण अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिनेछ । 

आज बिहान भक्तपुरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो । शुक्रबार बालेन शाह  नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

advertisement_1676551694.gif