शुक्रबार, २ आश्विन, २०८३

पार्टीको हितका लागि जस्तो सुकै लचकता अपनाउन तयार रहेको गगन थापाको भनाई

राष्ट्रिय सन्‍देश संबाददाता, १९ घण्टा पहिले

पार्टीको हितका लागि जस्तो सुकै लचकता अपनाउन तयार रहेको गगन थापाको भनाई

२०८३ असोज १, काठमाडौँ I नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको बृहत्तर हितका लागि लचकता अपनाएर आफू अघि बढ्न तयार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले आन्तरिक मतभेदलाई थाती राखेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

थापाले कसले आफ्नो अडान छाड्यो वा कसले जित्यो भन्ने रूपमा नलिन आग्रह गर्दै सबै तह र वर्गका व्यक्तित्वहरूलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा बोल्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण असन्तुष्ट नेताहरूलाई पार्टी एकताको अभियानमा जोडिन अपिल गरे ।

तोकिएको समयमै महाधिवेशन सम्पन्न गरेर जनतासामु जानु अनिवार्य रहेको उल्लेख गर्दै उनले पूर्वसभापतिको हैसियतमा देउवाले महाधिवेशनको उद्घाटन गर्दा पार्टीको सम्मान बढ्ने धारणा राखे । साथै, विगतमा विभिन्न कारणले रिसाएर वा असन्तुष्ट भएर कांग्रेस छाडेका कार्यकर्ता तथा नेताहरूलाई पुनः जोडेर बलियो कांग्रेस निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

advertisement_1680627680.gif