शनिबार, ४ जेष्ठ, २०८२

प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तिन जनालाई जेल चलान।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १३ चैत्र, २०७९

प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तिन जनालाई जेल चलान।

काठमाडौँ। गत मंगलबार बानेश्वरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङका सोम शर्मा रहेका छन् । उनीहरु नेपाल स्वतन्त्र युवा अभियान समूहका कार्यकर्ता भएको दाबी गर्छन् ।

अभद्र व्यवहार गरेको अभियोगमा उनीहरुलाई सुरुमा रु ५ हजार धरौटीमा रिहा गर्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर, धरौटी बुझाउन नसकेपछि उनीहरुलाई कारागार चलान गरिएको बताइएको छ। 

यस घटनाले नेपालमा अभिव्यक्ति स्वतन्त्रतामाथि विवाद चर्काएको छ, कतिपयले विरोध गर्ने अधिकार प्रयोग गरेको भन्दै पक्राउ गर्न नहुने तर्क गरेका छन् । कतिपयले औपचारिक कार्यक्रममा प्रधानमन्त्री विरुद्ध नारा लगाउनु अनुचित र अपमानजनक रहेको धारणा राखेका छन् ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif