राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १३ चैत्र, २०८२
२०८२ चैैैत्र १३, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेसँगै आफ्नो सचिवालय र सल्लाहकार टोली गठन गरेका छन् । प्रारम्भिक चरणमै केही प्रमुख पदमा नियुक्ति गर्दै उनले आफ्नो कार्यशैलीअनुसार टिम तयार गर्न थालेका हुन् ।
शाहले प्रमुख सल्लाहकारका रूपमा कुमार बेनलाई जिम्मेवारी दिएका छन् । बेन लामो समयदेखि उनका निकट सहयोगी मानिन्छन् । राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्, जसले विभिन्न राजनीतिक समन्वयमा भूमिका खेलेका व्यक्तिका रूपमा चिनिन्छन् ।
मुख्य स्वकीय सचिवमा सुवास शर्मा रहेका छन् भने प्रशासनतर्फको नेतृत्व सुदिप ढकाललाई दिइएको छ। सूचना तथा सञ्चार समन्वयको जिम्मा विवेक मिश्रले पाएका छन् ।
त्यसैगरी, निजी सचिवालयतर्फ सहसचिव प्रदीप परियारलाई जिम्मेवारी दिइएको छ । व्यक्तिगत सुरक्षा अधिकृत ९पीएसओ० का रूपमा प्रहरी नायव उपरीक्षक दिपेश बस्याल खटिएका छन् ।
अन्य सल्लाहकार र सहयोगीहरूको सूची भने केही दिनभित्रै पूर्ण गर्ने तयारी रहेको जनाइएको छ ।