बुधबार, ४ मंसिर, २०८२

परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण प्रधानमंत्री पचण्‍डले रोके

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ फाल्गुन, २०७९

परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण प्रधानमंत्री पचण्‍डले रोके

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् ।

मन्त्री पौडेल दिउँसो ३ बजेपछि त्रिभुवन विमानस्थलमा जान लाग्दा प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले फोन गरेर नजान भनेपछि उनी रोकिएकी थिइन् । 

बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।

advertisement_1676553851.gif