बुधबार, ४ मंसिर, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरियो, सरकार दिइएको समर्थन फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १३ फाल्गुन, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरियो, सरकार दिइएको समर्थन फिर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।

संसदीय दलको र  केन्द्रीय कार्य सम्पादन समिति संयुक्त रूपमा आज बिहान बसेको बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो।

सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।

सत्‍ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचना निहित अस्थिरताको स्‍वभाविक चरित्र हो भन्‍ने परिवर्तित सन्‍दर्भमा राप्रपा सत्‍तामा रहिरहनु अनुपयुक्‍त हुने ठहर गर्दै आजबाटै सरकारबाटै समर्थन फिर्ता लिई सरकार बाट बाहिरिने निर्णय गरको छ। त्‍यस्‍तै प्रदेश सरकारबाट पनि समर्थन फिर्ता लिई सरकार बाट बाहिरिने निर्णय गरेको ‘राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

advertisement_1680627680.gif