बुधबार, ४ मंसिर, २०८२

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २५ फाल्गुन, २०७९

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानमा आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नु भएको थियो ।

पौडेलले प्रधानन्यायाधीशबाट फागुन २८ गते राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुनेछ । शपथग्रहण पश्चात मात्र उहाँले कार्यभार सम्हाल्न पाउनुहुनेछ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई विभिन्न दलका नेताहरुले बधाई दिएका छन्।

advertisement_1676553851.gif