बुधबार, ४ मंसिर, २०८२

राष्ट्रपति विद्यादेवी भण्डारीको दोश्रो कार्यकाल आज सकिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २८ फाल्गुन, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीको दोश्रो कार्यकाल आज सकिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको दोश्रो कार्यकाल आज सकिँदैछ। पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्।

भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छिन्। उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।

गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।
 

advertisement_1680627680.gif