बुधबार, १७ भाद्र, २०८३

रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढी प्रभावितको खोजी र उद्धारबारे गराए जानकारी

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ भाद्र, २०८३

रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई  बाढी प्रभावितको खोजी र उद्धारबारे गराए जानकारी

२०८३ भदौ १५ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा जारी उद्धार र राहतका गतिविधिबारे जानकारी गराएका छन् ।

लामिछानेले बाढीबाट प्रभावित क्षेत्रमा देखिएको अवस्था, भएको जनधनको क्षति तथा प्रभावित नागरिकको उद्धार र राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ ।

यसअघि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको भेटपछि उनले प्राप्त विवरण र अवस्थाबारे राष्ट्रपति पौडेललाई समेत जानकारी गराएका हुन् ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका गतिविधि जारी रहेका बेला लामिछानेले सरकारका प्रयासबारे सम्बन्धित उच्च पदाधिकारीसँग भेट गरी अवस्थाको जानकारी लिएका हुन् ।

advertisement_1676551694.gif