शनिबार, १७ आश्विन, २०८३

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

२०८३ असोज १६ काठमाडौँ I स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्ष पदमा मुनकर्ण थापालाई नियुक्त गरेको छ ।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार थापालाई उक्त जिम्मेवारी सुम्पिएकाे हो ।

नेपालको ऐतिहासिक तथा सरकारी स्तरको एक मात्र आयुर्वेदिक औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखानाको नेतृत्व सम्हालेसँगै उनको कार्यकालमा संस्थागत व्यवस्थापन सुदृढ हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, पछिल्लो समय सुस्त बनेको आयुर्वेदिक औषधिको उत्पादन वृद्धि गर्न र सर्वसाधारणका लागि सेवा प्रवाहलाई थप प्रभावकारी एवं गुणस्तरीय बनाउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले विश्वास लिएको छ ।

advertisement_1676551537.gif