बुधबार, ४ मंसिर, २०८२

सार्वजनिक बिदाको दिन पनि सरकारले अत्यावश्यक कार्यालय खोल्ने निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ फाल्गुन, २०७९

सार्वजनिक बिदाको दिन पनि सरकारले अत्यावश्यक कार्यालय खोल्ने निर्णय

काठमाडौं। सार्वजनिक बिदाको दिन पनि सरकारले अत्यावश्यक कार्यालय  खोल्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरको मंत्रिपरिषदको कार्यालयले जनाएको छ।

मंत्रिपरिषदको कार्यालय अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुविधा दिने गरि अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।

सरकारले अत्यावश्यक कार्यालय कुन-कुन हुन भनेर सूचीसमेत तयार गर्ने निर्णय गरेको छ ।

advertisement_1744958411.jpg