शनिबार, २० भाद्र, २०८३

संसद बैठकमै ढले सार्वजनिक लेखा समितिका सभापति भरत खड्का

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १८ भाद्र, २०८३

संसद बैठकमै ढले सार्वजनिक लेखा समितिका सभापति भरत खड्का

२०८३ भदौ १८ काठमाडौं ।प्रतिनिधि सभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति भरत खड्का आफ्नै कुर्सीबाट ढलेका छन्। प्रतिनिधि सभा भवनमा जारी छलफलका क्रममा डोटीबाट निर्वाचित सांसद खड्का उच्च रक्तचापका कारण अचानक चक्कर आएर कुर्सीबाट ढलेका हुन्।

सांसद खड्का अकस्मात ढलेलगत्तै सभामुखले बोल्दै गरेका सांसद सोम शर्मालाई रोक्न आग्रह गर्दै केही बेरका लागि सदनको कारवाही स्थगित गरेका थिए। खड्कालाई तत्कालै प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि अस्पताल पठाइएको छ। संसद सचिवालय स्रोतका अनुसार उनको रक्तचाप बढेर १६० पुगेपछि चक्कर आएको हो।

advertisement_1676998982.gif