शनिबार, ४ जेष्ठ, २०८२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २५ माघ, २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले  आज विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले  आज विश्वासको मत लिने तयारी गरेका छन् । गत पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्ति  भएको एक महिना भित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुरूप रावलले आज  विश्वासको मत लिन लागेका हुन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले सम्म एमाले, माओवादी र राप्रपाको मत पाउनेलगभग  निश्चित भएपनि सत्ता गठबन्धनकै अर्को घटक   नागरिक उन्मुक्तिले भने मत दिने वा नदिने भन्ने  निर्णय गरिसकेको छैन  । उक्त दलले आफ्नो माग र मुद्दा हरु  सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने भन्दै आएका छन् ।
नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्रीले विश्वासको मत पाउने  छैनन् । नागरिक उन्मुक्तिका सबै सांसद अहिले काठमाडौँमा छन् । उनीहरू आजको प्रदेश सभा बैठकमा सहभागी हुने वा नहुने भन्नेमा पनि निश्चित नरहेको बताउँछन् ।
सुदूरपश्चिममा सत्ता गठबन्धन भित्र माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी सबैको मत मुख्यमन्त्री रावलले प्राप्त गरे बहुमत पुष्टि हुने छ । तर, नागरिक उन्मुक्तिका क संसद के गर्ने हुन् चासोको बिषय रहेको छ।  उता लुम्बिनी बाट राष्ट्रिय सभाको उम्मेदवार मा समेत उमेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले अप्ठेरो पारेमा सुदूरपश्चिम सरकारलाई अप्ठेरो पर्ने देखिन्छ। मुख्यमन्त्रीले विश्वासको मत लिने गरी आज १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।


 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif