शनिबार, १७ आश्विन, २०८३

सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

२०८३ असोज १६ काठमाडौँ I सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको बताएका छन् ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको बताएका हुन् ।

सभामुख अर्यालले संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्नु सान्दर्भिक नहुने बताउँदै संसद् कमजोर भएको आफूले महसुस नगरेको स्पष्ट पारे ।

उनले संसद्ले आफ्नो मर्यादा र जिम्मेवारीअनुसार काम गरिरहेको बताउए । सभामुख अर्यालले व्यवस्थापिकाका सांसद, नागरिक र पत्रकारलगायत सबैले कार्यपालिकालाई झकझक्याउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सभामुख अर्यालले संसद्को आफ्नो मर्यादा र गर्नुपर्ने काम आफ्नो कार्यशैलीअनुसार नै सञ्चालन हुने बताए । “तीन करोड नेपालीका लागि काम गर्ने भनेर आएका तपाईँहामी निरन्तर खटिरहेका छौँ”, उनले भने । सभामुख अर्यालले व्यवस्थापिकाका सांसद, नागरिक, पत्रकारलगायतले कार्यपालिकालाई झकझक्याउने जिम्मेवारी रहेको बताए ।

उनले आगामी संसद्को अधिवेशन राष्ट्रियसभा र प्रतिनिधिसभाको नयाँ भवनबाट सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । 

advertisement_1680627706.gif
अन्य समाचार