शनिबार, ४ जेष्ठ, २०८२

अमेरिकाको तालमा दुई विमान ठोक्किँदा ४ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ फाल्गुन, २०७९

अमेरिकाको तालमा दुई विमान ठोक्किँदा ४ जनाको मृत्यु

न्यूयोर्क-अमेरिकाको मध्य फ्लोरिडाको एउटा तालमा मंगलबार दुईवटा विमान ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । पोल्क काउन्टी सेरिफको कार्यालयका प्रमुख स्टीभ लेस्टरले विन्टर हेभनको लेक हार्टरिजमा भएको दुर्घटनामा बेपत्ता व्यक्तिहरूको खोजी गर्न खोजी सुरु गरिएको बताए।

ओर्लान्डोबाट ६५ किलोमिटर दक्षिणपश्चिममा रहेको विन्टर हेभनमा घटना भएको अधिकारीहरूले बताएका छन्। युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशनले दुर्घटनामा परेको एउटा विमानलाई पाइपर जे३ फ्लोप्लेनको रूपमा पहिचान गरेको छ। अर्को विमान भने फेला नपरेको कारण विमानमा कति जना सवार थिए र विमान कहाँबाट उडेको हो भन्नेबारे पनि जानकारी नआएको समाचार ऐजेन्सीहरूले बताएका छन् ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif