सोमबार, १६ चैत्र, २०८२

स्ट्रेट अफ होर्मुजबाट एक जना नेपाली नागरिक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ६ चैत्र, २०८२

स्ट्रेट अफ होर्मुजबाट  एक जना नेपाली नागरिक  पक्राउ

२०८२ चैैैत्र ६, काठमाडौं। इरानले विवादित स्ट्रेट अफ होर्मुज क्षेत्रबाट एक नेपाली नागरिकलाई पक्राउ गरेको खुलेको  छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, पक्राउ पर्नेमा नेपाली नागरिक अमृत झा रहेका छन्।

इरानी सुरक्षा बलले उक्त क्षेत्रबाट एउटा व्यापारिक पानी जहाजलाई नियन्त्रणमा लिने क्रममा त्यसमा  रहेका झासहित चालक दलका सबै सदस्यहरूलाई पक्राउ गरेको हो।  इरानले जहाजका सम्पूर्ण सदस्यहरूलाई नियन्त्रणमा लिएको र झा सोही जहाजमा कार्यरत रहेको बताइएको छ।

परराष्ट्र मन्त्रालयले पक्राउ परेका झाको अवस्थाबारे जानकारी लिने र उनको सुरक्षित रिहाइका लागि आवश्यक कूटनीतिक पहल सुरु गर्ने जनाएको छ। विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने स्ट्रेटअफ होर्मुजमा पछिल्लो समय बढ्दो तनावका बीच यो घटना सार्वजनिक भएको हो।

advertisement_1680627706.gif