राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १० चैत्र, २०७९
हेटौडा। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । हेटौंडामा जारी रहेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरेर मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामाबुझाएको बताइएको छ ।
छोटो समय सरकारमा रहँदा पनि आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उनले दाबी गरेका थिए ।
केन्द्रमा सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाले बताएका थिए ।