शनिबार, ४ जेष्ठ, २०८२

सिन्धुलीको कुइभिरमा बस दुर्घटना पाँच जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २८ फाल्गुन, २०७९

सिन्धुलीको कुइभिरमा बस दुर्घटना पाँच जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।

सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ ।

यो समाचार तयार गर्दै गर्दा मृत्‍यु हुनेको संख्‍या ६ पुगेको छ। बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको सिन्धुलीका एसपी सिलवालले जानकारी दिए ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif