सोमबार, १२ आश्विन, २०८३

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

२०८३ असोज ११ बागलुङ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका-३ मा गएको पहिरोमा पुरिएर स्थानीय श्यामकुमारी विक र उनका तीन छोराहरूको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पहिरोमा पुरिएका श्यामकुमारीका छोराहरू मनोज, मुकेश र निसान विकको शव प्रहरी तथा स्थानीयको सहयोगमा बाहिर निकालिएको छ ।

उनका अनुसार, ५ जना रहेकोमा एक जना बिहानै घरबाट बाहिर निस्किएकाले ज्यान जोगिएको बताइएको छ । घरभित्र रहेका अन्य चार जनाको पुरिएर मृत्यु भएको बताइएको छ ।

घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676551537.gif