सोमबार, १२ आश्विन, २०८३

हिम्लुङ हिमालमा हिमपहिरो : दुई शव फेला, १४ जना अझै बेपत्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

हिम्लुङ हिमालमा हिमपहिरो : दुई शव फेला, १४ जना अझै बेपत्ता

२०८३ असोज ११ मनाङ । मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले हिमपहिरोमा परेर बेपत्ता भएका दुई जनाको शव फेला परेको र अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिएको छ ।

आइतबार साँझ सवा ६ बजेसम्म कैलाश हेलिकप्टरमार्फत शव उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा राखिएको छ ।

हिमाल आरोहणमा गएका २२ जनामध्ये (९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ)मध्ये १२ जना फु गाउँमा सुरक्षित सम्पर्कमा आएका छन् भने ८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । सबै आरोही तथा स्टाफ नेपाली नागरिक हुन् ।

उद्धार तथा खोजीका लागि काठमाडौंबाट थप हेलिकप्टर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले क्षतिको पूर्ण विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् ।

advertisement_1676553908.gif