सोमबार, १२ आश्विन, २०८३

कालीगण्डकी बस्तीमा पस्दा पर्वतमा २५ घर बगायाे

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

कालीगण्डकी बस्तीमा पस्दा पर्वतमा २५ घर बगायाे

२०८३ असोज ११ पर्वत । कालीगण्डकी नदीको बहाव बढेर जलजला गाउँपालिका–८, फर्सेको बस्तीमा पस्दा २५ घर बगेका छन् । आज बिहान करिब ८ बजे नदी बस्तीमा पसेको हो । 

उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।

मानवीय क्षति भने भएको छैन । सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न सकेको छैन । घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।

क्षतिको थप विवरण आउन बाँकी छ ।

advertisement_1676998982.gif