बुधबार, १४ आश्विन, २०८३

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

२०८३ असोज १३ पोखरा I गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । पार्टीका पूर्वमहामन्त्री तथा देउवा समूहको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई खादा र माला लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेशसँगै देउवा समूहले मनाङेलाई आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारीसमेत सुम्पेको छ । यसअघि देउवा स्वदेश फर्किएकै दिन मनाङे उनलाई  भेट्न चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए ।

मनाङेको आगमनले मनाङ जिल्लामा देउवा समूहको सांगठनिक स्थिति थप बलियो हुने सो समूहको विश्वास छ ।

advertisement_1676998982.gif