राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १७ फाल्गुन, २०७९
पाल्पा । तानसेनमा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पाको आयोजनमा आगामी वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा महोत्सव सञ्चालन हुने भएको छ । हरेक बर्ष झैँ यो बर्ष पनि भब्य रुपमा महोत्सब को आयोजना गर्न लगिएको हो। तर विगत केहि बर्ष कोरोना महामारीको कारण महोत्सव हुन सकेको थिएन।
महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृतिक क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।पाल्पा उद्योग वाणिज्य संघले बि सं २०५८ सालदेखि विभिन्न समयमा मेला महोत्सव गर्दै आइरहेको तथा ,मेला महोत्सव गरेरै तानसेनको खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सङ्घले सहयोग गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
यस अघि टुँडीखेलमा हुने मेलामा तानसेन नगरपालिकाले रोक लगाएपछि मेलाको लागि स्थान अभाव हुँदै आएको छ ।मेलाको लागि बतासेडाँडा, टुँडीखेल, बाँसटारी, प्रभास, गोर्खेकोट, श्रीनगर लगायतको क्षेत्र हेरेर आवश्यक निर्णय लिइने बताईएको छ ।
वैशाख १४ गतेदेखि २४ गतेसम्म १३ औँ संस्करणको रुपमा सङ्घले महोत्सव आयोजना गर्न थालेको र संघका अध्यक्ष भट्टराईको नेतृत्वमा मूल आयोजक समिति गठन भएको हो।