राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ चैत्र, २०७९
चुरामणि तिमिल्सिना, गुल्मी। गुल्मीको सत्यवती गाउपालिका वडा नं. २ स्थित थुम्कामा बोलेरो जिप दुर्घटना भएको छ। रिडिदेखि लुम्पेक जादै गरेको लु २ च ४७५३ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो।
करीव ५:३० बजेको समयमा भएको दुर्घटनामा गुल्मीको सत्यवती गाउपालिका वडा नं. २ थुम्का बस्ने खिम बहादुर राहादी घाइते हुनु भएको स्थानीय शिक्षक धन बहादुर राहादीले जानकारी दिनु भएको छ। घटनाबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको र घाइते राहादीलाई उपचारका लागि पाल्पा स्थित मिसन अस्पताल पठाइएको समेत शिक्षक राहादीले जानकारी गराउनु भएको छ ।
शिक्षक राहादीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । जिपका चालक भने फरार रहेको समेत स्थानीयले बताएका छन। घटनाबारे थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय खैरेनीबाट प्रहरीको टोली घटनास्थल तर्फ गएको छ। घाइते राहादी ठूलो लुम्पेक स्वास्थ्य चौकीका कर्मचारी रहेको प्रहरीले जनाएको छ।
ब्रेक फेल भएर दुर्घटना भएको पत्रकार चुरामणि तिमिल्सिना बताउनुभयो ।