राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २० फाल्गुन, २०७९
पाल्पा। पाल्पाको रैनादेवी छहरा स्थित कन्चन खोलामा डुबेर एक जना किशोरको मृत्यु भएको छ । आज शनिबार दिउसो करीब १२ बजेतिर छहराको कन्चन खोलामा पौडी खेल्ने क्रममा डुबेर १७ वर्षका भीमबहादुर रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान १० बजेतिर ती किशोर खोलातर्फ हिँडेका थिए । मृत किशोरको शब दिउँसोमात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।