सोमबार, १२ आश्विन, २०८३

पाल्‍पामा पहिराेमा पुरिएर तीन जना बेपत्ता एक जना मृत फेला

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

पाल्‍पामा पहिराेमा पुरिएर तीन जना बेपत्ता एक जना मृत फेला

२०८३ असोज ११ पाल्‍पा । पाल्पाकाे माथागढी-३ स्थित भैसकट्टामा पहराेले घर पुरिदा तीन जना बेपत्ता भएका छन् । दुई जना बालिका र एक जना पुरूष बेपत्ता भएकाे वडा अध्यक्ष तेज घर्तीमगरले जानकारी दिए ।

बेपत्ता हुनेमा ७५ वर्षीय लिलबहादुर घरणतीमगर, १७ वर्षकी छाेरी डिना घर्ती र छिमकी माेतिलाल घर्तीकाे १५ वर्षकी छाेरी झरना घर्ती र‍हेकी छिन् ।

यस्तै माथागढी-२ रूप्सेका एकजना पुरूषकाे पहिराेमा परी मृत्यु भएकाे छ ।

पहिराेमा परेकाकाे उद्धारका लागि जनप्रतिनिधि, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् । ठूलाे पहिराे भएकाले उद्धारमा समय लाग्ने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए ।

घटना सम्बन्धी जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलतर्फ खटाइएको छ। प्रहरीले अहिले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।

 

advertisement_1676553908.gif