शनिबार, ४ जेष्ठ, २०८२

पाल्‍पामा टिप्‍पर दुर्घटना चालकको मृत्‍यु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २८ फाल्गुन, २०७९

पाल्‍पामा टिप्‍पर दुर्घटना चालकको मृत्‍यु

पाल्पा। पाल्‍पाको माथागढीमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जना घाइते भएका छन् ।

गोठादीबाट रहबास पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिप्पर माथागढी गाउँपालिका ६ चिलेपानीमा  करीब ४० मिटर तल खसेको जिल्‍ला प्रहरी कार्यालय पाल्‍पाले जनाएको छ।

दुर्घटनामा परि टिप्परका चालक ४० वर्षीय रुपन्देही तिलोत्तमा ११ गणेशनगर बस्ने विष्णु गुरुङ्गको मृत्यू भएको छ भने माथागडी ७ बस्ने वर्ष ५० का हुमबहादुर परियार घाइते भएका छन् ।

उनको खुट्टामा चोट रहेको र उपचारको लागि तानसेन ल्याइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रथापाले जानकारी दिनुभयो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif