सोमबार, १६ चैत्र, २०८२

पाल्पामा टिप्पर दुर्घटना: एकको मृत्यु, तीन जना गम्भीर घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ७ चैत्र, २०८२

पाल्पामा टिप्पर दुर्घटना: एकको मृत्यु, तीन जना गम्भीर घाइते

२०८२ चैैैत्र ७, पाल्‍पा । पाल्पाकाे माथागढीमा ट्रिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । अन्य तीन जना घाइते भएका छन् ।

माथागढी-७, रहबासमा शनिबार साँझ ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी ३०-३२ वर्षका पुरूषकाे मृत्यु भएकाे छ । मृतककाे पहिचान खुल्न बाँकी छ ।

बेलुकी ६ बजेतिर झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली ट्रिपर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो। ट्रिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेकाे बताइएकाे छ । उनीसहित अन्यकाे तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

advertisement_1680627680.gif