शनिबार, ४ जेष्ठ, २०८२

पाल्पा दरबार क्षेत्रका ५७ घर संरचना हटाउदै; तानसेन नगरपालिका

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २९ फाल्गुन, २०७९

पाल्पा दरबार क्षेत्रका ५७ घर संरचना हटाउदै; तानसेन नगरपालिका

पाल्‍पा। पाल्पा दरबार परिसर बाहिर रहेका घरसंरचना हटाइने भएको छ । सोमबार बसेको तानसेन नगरकार्यपालिकाको नवौं बैठकले सर्वपक्षीय क्षेत्र प्राप्त सुझाव र सल्लाह अनुसार पाल्पा दरबारको सौन्दर्यकरणका लागि घरटहरा हटाउने निर्णय गरेको हो।

तानसेन नगरकार्यपालिकाको बैठकले शितलपाटी मूलढोला क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहरा भत्काउने निर्णय गरेको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो। कार्कीका अनुसार  ‘पुरातत्व विभागको पत्र र यहाँको सर्वदलीय, सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा कार्यपालिकाले यहाँको सौन्दर्यकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि ५७ घरटहरा भत्काउने निर्णय गरेको हो  । अब ३५ दिने सूचना जारी गरि गरि प्रक्रिया अगाडी बढ्छ ।’

पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई संरचना हटाउने सम्बन्धमा पत्र लेख्दै अव्यवस्थित शहरीकरणाकाे कारणले दरबारकाे माैलिक स्वरूपलाइ प्रतिकूल असर पर्ने गरि दरबारकाे पर्खालमा जाेडेर नयाँ संरचनाहरू बनेकाेले तत्काल हटाइ दरबारकाे माैलिक स्वरूप कायम गर्न तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजिकरणको अनुरोध गरेको थियो ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif