राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ चैत्र, २०७९
नन्दु यादव, चैत ३ नवलपरासी। सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण पश्चिम नवलपरासी मा केही दिन अगाडि सुरुवा भई आउनु भएका एसपि धिरेन्द्र राज न्याैपाने जिल्लाकाे प्रमुखकाे रुपमा कमान्ड समालेपछि जिल्लाका तस्करहरुकाे भागाभाग भएका छन ।
जिल्ला काे सिमा नाकाबाट भईरहेकाे अवैध चाेरि तस्करी नियन्त्रणमा सक्रियता देखाएपछि अहिले तस्करहरु ले तस्करी गर्न पाएका छैनन।आमनागरिक हरुलाई शान्ति सुरक्षा दिने र सिमा नाकाबाट हुने चाेरि पैठारी लाई नियन्त्रण गर्ने मेराे मुख्य लक्ष्य रहेकाे एसपि न्याैपानेले बताउनु भयाे ।
नवलपरासी तस्करहरुकाे अखडा बन्दै गईरहदा त्यसलाई नियन्त्रण गर्न एसपि न्याैपाने लागि परि आफै सक्रियता का साथ आफ्ना मातहतका सबै प्रहरी युनिटलाई तस्करी राेक्न कडा रुपमा निर्देशन दिदै आएका छन। अहिले विभिन्न सीमा नाकाहरुबाट ओसार पसार भईरहेकाे अवैध सामामनहरु सशस्त्र प्रहरी बल नेपालकाे टाेलिले अवैध समानहरु नियन्त्रण लिई अनुसन्धान अघि बढाईएको बताउनु भयो ।
सिमाबाट हुने चाेरि तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निकै सक्रियता का साथ अवैध सामानहरु धमाधम नियन्त्रणमा लिन थालिएकाे पछि तस्करीमा कमि आएको छ। सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणले माघ महिना १६ यता विभिन्न ४२लाख २८ हजार बराबरको विभिन्न किसिमका अवैध लत्ता कपडा कोइला किराना समान हाडवयरहरूका समान खाद्यान्न ,ईलेक्ट्राेनिक्स का सामानहरु, मासुजन्य कुखुरा माछा तथा ढुवानीका लागि प्रयोग भएको सवारी साधन समेत बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाईएकाे साथै मासुजन्य पदार्थ आवश्यक प्रक्रिया पुर्याई नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देव बहादुर चन्द्र ले जानकारी दिनु भयाे ।
नवलपरासी मा अहिले तस्करी न्यून हुँदै गईरहेकाे बताईएकाे छ ।