सोमबार, १६ चैत्र, २०८२

तीन वटा सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु, १५ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२

तीन वटा सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु, १५ जना घाइते

२०८२ चैैैत्र १४,  नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार बिहान करिब १ बजे बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ (बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक, सोही दिशाबाट जाँदै गरेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअप गाडी एकआपसमा ठोक्किएका थिए । ट्रक र बसले पिकअपलाई ठक्कर दिएपछि बस र ट्रक करिब २ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रोल्पा बागमाराका २५ वर्षीय गोबिन बुढा र पहिचान नखुलेका करिब २५/२६ वर्षका दुई पुरुषको मृत्यु भएको छ । उनीहरूको शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।

घाइतेमध्ये बस चालक रोल्पा माडीका २४ वर्षीय हिमाल घर्ती, १९ वर्षीय किरण पुन, मरिचमान घर्ती, ४८ वर्षीया सुशिला नेपाली, ५८ वर्षीय मोतिलाल डाँगी, ६२ वर्षीय झुपबहादुर घर्ती र ६२ वर्षीय तीर्थबहादुर पुन रहेका छन् ।

त्यस्तै ट्रक चालक बर्दियाका २४ वर्षीय सागर चौधरी, १९ वर्षीय जीवन चौधरी, कञ्चनपुरका २८ वर्षीय लोकराज ओझा, काठमाडौँका २८ वर्षीय लक्ष्मी खत्री, दाङका ४९ वर्षीय खिमबहादुर नेपाली र एक अन्दाजी २५ वर्षीया महिला पनि घाइते भएका छन् ।

यस्तै चितवनका ३१ वर्षीय विशाल चेपाङ र पिकअप चालक २९ वर्षीय आशिष गुरुङ पनि घाइते भएका छन् । उनीहरूको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676551694.gif