राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १ फाल्गुन, २०७९
आइतबार बसको ठक्कर बात मृत्यु भएको बिषयलाई लिएर गरिरहेका मृतक का आफन्तले सुर्खेतको वीरेन्द्रनगरमा गरिरहेको आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मङ्गलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको हो ।
आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् । आन्दोलनलाई साम्य पार्ने प्रयास प्रहरीले गरिरहेको छ । तर आन्दोलनले थप उग्ररुप लिँदै गएको छ ।