शनिबार, ४ जेष्ठ, २०८२

सुदूरपश्चिममका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ फाल्गुन, २०७९

सुदूरपश्चिममका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै।

धनगढी । सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिदै छन् ।तर  गठबन्धनभित्रका दलहरुबीच मत दिने विषयमा अझै अन्तिम समझदारी नभइसकेको बताईएको छ।   दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।  यस अघि एमाले बाट  मुख्य मन्त्री चुनिएका राजेन्द्र सिंह रावल ले बिश्वास को मत पाउन नसक्ने अवस्था आएपछि राजिनामा दिएका थिए। त्यस पछि संविधानको  धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन भएको हो । माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मतका लागि २७ मत आवश्यक छ । गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा कांग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई नै साथ छ । बिश्वासको मत पाउछन वा पाउदैनन हेर्न बाकि छ।  तर  सत्ता गठबन्धन को अंक गणित लाइ हेर्दा पाउन सक्ने देखिन्छ।  यदी पाएनन भने संबिधान को अर्को धारा प्रभावित हुनेछ। 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif