सोमबार, १२ आश्विन, २०८३

हिम्लुङ हिमालमा हिम पहिरो, उद्धार टोली घटनास्थलतर्फ

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

हिम्लुङ हिमालमा हिम पहिरो, उद्धार टोली घटनास्थलतर्फ

२०८३ असोज ११ मनाङ। हिमाली जिल्ला मनाङस्थित हिम्लुङ हिमालको बेसक्याम्पमा हिमपहिरो खसेको छ ।

नेपाल प्रहरीका अनुसार बेसक्याम्प क्षेत्रमा हिमपहिरो गएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार टोली घटनास्थलतर्फ पठाइएको छ । भौगोलिक विकटता तथा प्रतिकूल मौसमकाबीच उद्धार कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

हिमपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676553851.gif