राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ८ फाल्गुन, २०७९
काठमाडौं । फागुन ८, पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा श्रेष्ठको उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।
उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।