शनिबार, ४ जेष्ठ, २०८२

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ चैत्र, २०७९

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।

आगामी वैशाख १० गते, तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचन लागि   ८ देखि १२ गतेसम्म दल दर्ताको सूचना जारी गरि जनाएको छ।

रामचन्‍द्र पौडेल राष्‍ट्रपति र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि निर्वाचित क्षेत्रमा निर्वाचन हुने निर्वाचन हुन लागेको हो। रामचन्‍द्र पौडेल तनँहु-१ र रामसहायप्रसाद यादव बारा-२ मा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif