राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ७ चैत्र, २०७९
काठमाडौँ। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लघंन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनको सूचीमा राखेको छ। पत्रकारितासम्बन्धी आचारसंहिताको विपरित उल्लघंन गरेको भन्दै काउन्सिलले युट्युब च्यानलहरूलाई विशेष अनुगमनमा राखी निगरानीमा राखी कार्यवाहीको सुरू गरेको हो ।
काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गरेका छन ।काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गरेका छन ।
बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारी समेत नभएका, के गर्ने नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिएको भन्दै व्यावसायिकरूपमा सञ्चालन हुन चाहने युट्युब च्यानललक्षित एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यालनलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन काउन्सिलले विशेष अभियान थालेको जानकारी दिए ।
उपसमितिको बैठकले अनुगमनको क्रममा प्रचलित ऐन, नयम, निर्देशिका, आचारसंहिता प्रतिकूल देखिएमा कनै मिडिया अन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई पूर्ववतः निर्णयसमेतका आधारमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गर्ने निर्णय गरेको छ ।साथै त्यस्ता युट्युब च्यानलले सम्प्रेषण गरेका सामग्रीका विषयमा आकर्षित विद्यमान ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी ती च्यानललाई कारबाहीका लागि अनुरोध गर्दै युटुब कम्पनीलाई पत्राचार गर्नेसमेत निर्णय गरेको छ