राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १६ फाल्गुन, २०७९
यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २४३ रनको अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।मलेसियाले भने तीन खेल खेल्दा जम्मा एक खेल जितेको छ । दुई खेलमा पराजित भएको थियो ।
आजै यूएई र कुवेत तथा सिंगापुर र हङकङबीच खेल हुनेछ ।
नेपाल र यूएई लगातार तीन खेल जित्दै अहिले सम्मका खेलमा अपराजित छन् । तर रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।