आईतवार, १ असार, २०८२ 8:18:55 PM

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम खेल आज। नेपाल र घरेलु टोली यूएई बीच निर्णायक खेल हुदै।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १८ फाल्गुन, २०७९

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम खेल आज।  नेपाल र  घरेलु टोली यूएई बीच निर्णायक खेल हुदै।

यूएईमा जारि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।

यो खेल जित्ने टोली अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपमा छनोट हुनेछ।त्यसैले नेपाल र यूएई दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा छन् ।सन् २०१६ पछि यू-१९ विश्वकप खेल्न नपाएको नेपाली टीम यसपटक जसरि पनि खेल्ने दाउमा रहेका छन्। 

यसअघि चारवटै खेल जित्दै आत्मविश्वासी बनेको नेपाली यू-१९ टोली अन्तिम खेल जित्दै ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट हुने गरि उत्साह पुर्वक खेल्दै आएको छ । नेपालले यसअघि सिंगापुरलाई ९६ रनले, कुवेतलाई २४३ रनले, हङकङलाई ९ विकेटले तथा मलेसियालाई १० विकेटले हराइसकेको छ ।

यो खेल ले विश्व कप खेल्नेको भबिष्य तय गर्ने छ । जित्ने टिम यू-१९ विश्वकपमा पुग्नेछ भने हार्ने टिमको विश्वकप खेल्ने सम्भावना सकिनेछ ।

नेपाल यू-१९ टिमले सन् २०१६ मा पछिल्लो पटक बंगलादेशमा यू-१९ विश्वकप खेलेपछि उमेर समूहको टिमले फेरि विश्वकप खेल्न सकेको छैन । पछिल्लो तीन पटक सम्म यू-१९ विश्वकपमा नेपाल छनोट हुनै सकेन ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif