मंगलवार, १८ कार्तिक, २०८३

एनपीएल: सुदूरपश्चिम रोयल्सलाई चितवन राइनोजले दियो १३० रनको लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

एनपीएल: सुदूरपश्चिम रोयल्सलाई चितवन राइनोजले दियो १३० रनको लक्ष्य

२०८३ कार्तिक १६ काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससमक्ष जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल तयार पारेको हो ।

चितवनका लागि अनुभवी ब्याटर रवि बोपाराले सर्वाधिक ४९ रनको महत्त्वपूर्ण पारी खेले । टोलीलाई उकास्ने क्रममा विवेक यादवले १७ रन तथा डेविड मलानले १६ रनको योगदान दिए । त्यस्तै विकेटकिपर अर्जुन साउद र अलराउन्डर सिकन्दर रजाले समान १५–१५ रन जोडे ।

बलिङतर्फ सुदूरपश्चिम रोयल्सका स्कट कुगलेइनले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट हात पारे । यस्तै हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १–१ विकेट लिँदै चितवनको रन गतिमा अंकुश लगाएका थिए ।

advertisement_1676998982.gif