राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २ चैत्र, २०७९
काठमाडौं । नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुशी व्यक्त गर्दै बधाइ दिएका छन् ।
बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ९ रनले पराजित गरेपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल सकिएको केहीबेरपछि ट्विटरमार्फत प्रचण्डले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिए । प्रचण्डले ट्विटरमा लेखेका छन् । ‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’