शनिबार, ४ जेष्ठ, २०८२

सन्दीपलाई धरौटीमा छाड्ने आदेश;विदेश जान अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ फाल्गुन, २०७९

सन्दीपलाई धरौटीमा छाड्ने आदेश;विदेश जान अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै सन्दिपलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश कुमार चुडाल र सपना मल्ल प्रधान को संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।

सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र नेपाल आई काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ । उनी यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा समेत खारेज हुने आदेशमा उल्लेख छ । सन्दीपले २० लाख रुपैयाँ धरौटी राख्नुपर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले कायम राखेको छ ।

लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्व कप लिग–२ एकदिवसीय शृङ्खलामा खेल्न जानका लागि गएको बिहीवार सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif