सोमबार, १६ चैत्र, २०८२

२१ अर्ब माथिको ऐतिहासिक कारोबारसँगै नेप्सेमा ६४ अंकको उछाल

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२

२१ अर्ब माथिको ऐतिहासिक कारोबारसँगै नेप्सेमा ६४ अंकको उछाल

२०८२ चैैैत्र ५, काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजारमा चमक देखिएको छ। नेप्से परिसूचक र कारोबार रकम दुवैले उच्च अंक तय गरेपछि लगानीकर्तामा उत्साह छाएको छ। बुधबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार खुल्नासाथ तीव्र वृद्धिको लयमा फर्किएको हो।

बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७.०३ विन्दुमा पुगेको छ। त्यस्तै, ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स ११.६३ अंक, फ्लोट इण्डेक्स ४.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१४ अंकले सकारात्मक देखिएका छन्।

कारोबार रकममा पनि यस दिन रेकर्ड सुधार भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) करिब १२ अर्ब ३ करोड रुपैयाँको मात्र कारोबार भएकोमा बिहीबार २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको ५ करोड ६९ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यो १ लाख ९१ हजार २५१ पटकको कारोबारबाट सम्भव भएको हो।

यस दिन बजारमा सूचीकृत सबै १३ वटै उपसमूहको परिसूचक बढेर 'हरियाली' छाएको छ। सर्वाधिक वृद्धि: विकास बैंक (३.९५%) र बैंकिङ (३.१६%)।२ प्रतिशतभन्दा बढी: जलविद्युत र जीवन बीमा।१ प्रतिशतभन्दा बढी: वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन, लघुवित्त, निर्जीवन बीमा र अन्य।सर्किट लाग्ने र उच्च कारोबार हुने कम्पनी । बिहीबार ४ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ: ति कर्पोरेट डेभलपमेन्ट बैंक,सालपा विकास बैंक,रिलायन्स स्पिनिङ्ग मिल्स,सोलु हाइड्रोपावर रहेका छन्।

यसका साथै होटल फरेष्ट इनको मूल्य करिब १० प्रतिशत र सान्जेन जलविद्युतको ८ प्रतिशतले बढेको छ। अर्कोतर्फ, नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई मूल्यमा भने ५.१२ प्रतिशतको गिरावट देखिएको छ।

उच्च कारोबार हुने कम्पनीहरूमा :कारोबार रकमका आधारमा ङादी ग्रुप पावर (६७ करोड १६ लाख रुपैयाँ) शीर्ष स्थानमा रह्यो। नेशनल हाइड्रोपावर (करिब ६७ करोड) र रिडी हाइड्रोपावर (साढे ६२ करोड) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

advertisement_1680627680.gif