राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १ चैत्र, २०७९
काठमाडौँ।सेयर बजारको परिसूचक नेप्से बुधबार दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से १४.४४ अंक घटेर १९३८ मा रोकिएको छ ।
दिउँसो २ बजेतिर परिसूचक १९२६ अंकसम्म झरेपछि अन्तिममा केही सम्हालिएको थियो । आज कुल १ अर्ब २० करोडको कारोबार भयो । यसअघि हिजो १ अर्ब १३ करोडको कारोबार भएको थियो । ५१ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने १४ को स्थिर रहृयो । ब्यापारबाहेकका सबै उपसमूह घटे । ब्यापार १० अंक बढ्यो । बैंकिङ ९.९, विकास बैंक २७, फाइनान्स १४, होटल ७, जलविद्युत् ९, जीवन बीमा ६९, उत्पादन ३२, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा १७ र अन्य उपसमूह ४ अंक घटे ।
दुई कम्पनी युनिक लघुवित्त र शुभम पावरको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यवासिनी हाइड्रोको मूल्य ६.४ तथा रुरुको ५.७ प्रतिशत मूल्य बढ्यो । किसान लघुवित्तको ५.९ तथा बाराही हाइड्रोको ५.२ प्रतिशत मूल्य घट्यो ।