राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ११ चैत्र, २०८२
२०८२ चैैैत्र ११, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई रकम भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापन नै प्रभावित हुने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो ।
नयाँ दर लागू भएसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम भएको छ । यसैगरी डिजेल र मट्टितेलको हकमा पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकिएको छ ।
बढेको मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिएपछि निगमले आफू आर्थिक संकटमा फसेको जनाएको छ ।
पछिल्लो १५ दिनमै ५ अर्ब घाटा व्यहोरेको भन्दै निगमले आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने प्रक्षेपण गरेको छ ।
.jpg)