राष्ट्रिय सन्देश संबाददाता, ११ घण्टा पहिले
२०८३ असोज २६ काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंक बढेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आजको वृद्धिपछि २५९५ अंकमा कायम भएको छ ।
कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४६ करोडको भयो । आज १०५ कम्पनीको मूल्य बढ्दा १६५ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ भने आज सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह १.०२ प्रतिशत बढ्यो ।
जीवन बीमा ०.०५, विकास बैंक ०.५३, फाइनान्स ०.२१ प्रतिशत बढेको छ । होटेल तथा पर्यटन ०.८७, जलविद्युत् ०।४६, लगानी ०.२८, उत्पादन तथा प्रशोधन ०।१९, माइक्रो फाइनान्स ०.०१, निर्जीवन बीमा ०.१२ तथा अन्य ०.४२ प्रतिशत घटेको छ ।